नेपाल सरकार

भुमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय

नापी विभाग

नापी कार्यालय मकवानपुर, हेटौडा

सर्वसाधारण सेवाग्राहीको जानकारीको लागि जारी गरिएको

नागरिक वडापत्र (Citizen Charter)

( नक्सा तथा श्रेस्ता अध्यावधिकसंग सम्वन्धित सेवाहरुको लागि )

क्षतिपुर्ति सहितको वडापत्र लागु भएका सेवाहरु:१ (क),२,३,४ (क) र ५ बमोजिमको सेवाहरु मात्र

क्र.सं

सेवाको प्रकृति

सेवाग्राहीले पुर्याउन पर्ने प्रकृया र पेश गर्नु पर्ने कागजात

लाग्ने शुल्क/ दस्तुर

लाग्ने समयबधि

सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी, शाखा/ फाँट र कार्यकक्ष

गुनासो सुन्ने पदाधिकारी (पद र नाम समेत)

क्षतिपुर्ति रकम (रु)

कैफियत

कित्ताकाट (क) राजिनामा साधारण लिखत

मालपोत कार्यालयको पत्र तथा कारोवारको स्पष्ट विवरणहरु उल्लेख भएको लिखत र स्वामित्व खुल्ने अन्य कागज प्रमाणहरू ( मालपोत कार्यालयले तोके बमोजिम )

नि:शुल्क

सोही दिन

कार्यालय प्रमुखले / नापी अधिकृतले तोकेको वा सम्बन्धित फाटवाला अमिन / सर्भेक्षक

कार्यालय प्रमुख

प्रतिदिन रु २५० का दरले बढिमा रु ५००० सम्म

(ख)वण्डापत्र

"

"

कार्य चाप हेरी बढिमा एक हप्ता भित्र

कार्यालय प्रमुखले/नापी अधिकृतले तोकेको वा सम्बन्धित फाटवाला अमिन / सर्भेक्षक

कार्यालय प्रमुख

क्षतिपुर्ति लागु नभएको

नक्सा प्रिन्ट

- सम्वन्धित कार्यालयको आधिकारिक पत्र

- गा.वि.स./न.पा.सिट नं.,कि.नं. खुलेको सम्बन्धित व्यक्तिको रु.१० को टिकट सहितको निवेदन

- जग्गा धनि दर्ता प्रमाण पुर्जाको प्रतिलिपी

- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

- चालु आ.व.को मालपोत तिरेको रसिद

प्रति कित्ता रु १००।- ‌ र टिकट वापत रु १०।-

सोहि दिन

कार्यालय प्रमुखले / नापी अधिकृतले तोकेको वा सम्बन्धित फाँटवाला अमिन / सर्भेक्षक

कार्यालय प्रमुख

प्रति दिन रु२५० का दरले बढिमा रु१००० सम्म

फिल्डवुक/प्लट रजिष्टर उतार

रु १० को टिकट टाँसेको निवेदन

- सम्बन्धित किताको जग्गा धनि दर्ता प्रमाण पुर्जाको प्रतिलिपी

- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

- चालु आ.व.को मालपोत तिरेको रसिद

प्रति कित्ता रु ५०।- थप प्रति कित्ता रु. १०।-

तोकिएको ढाँचामा हातले उतारेर दिदा निःशुल्क

सोही दिन

कार्यालय प्रमुखले/नापी अधिकृतले तोकेको वा सम्बन्धित फाँटवाला अमिन / सर्भेक्षक

कार्यालय प्रमुख

प्रति दिन रु२५० का दरले बढिमा रु२००० सम्म

क्षेत्रफल टायल चेक गर्ने

(क) फिल्ड जान नपर्ने

रु १० को टिकट टाँसेको निवेदन

- सम्बन्धित किताको जग्गाधनि दर्ता प्रमाण पुर्जाको प्रतिलिपी

- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

- चालु आ.व.को मालपोत तिरेको रसिद

(क) फिल्ड जान नपर्ने अवस्थामा निःशुल्क

(क) फिल्ड जान नपर्ने अवस्थामा सोही दिन

कार्यालय प्रमुखले/नापी अधिकृतले तोकेको वा सम्बन्धित फाँटवाला अमिन / सर्भेक्षक

कार्यालय प्रमुख

प्रतिदिन रु २५० का दरले बढिमा रु १००० सम्म

(ख) फिल्ड जान पर्ने

(ख) फिल्ड जान पर्ने अवस्थामा फिल्ड रेखांकन बापतको रकम

(ख) बढिमा सात दिन

कार्यालय प्रमुखले/नापी अधिकृतले तोकेको वा सम्बन्धित फाँटवाला अमिन / सर्भेक्षक

क्षतिपुर्ति लागु नभएको

अस्वभाविक रुपमा क्षेत्रफल फरक पर्न गएका वा सरकारी,सार्वजनिक जग्गा संग जोडिएको कित्ताको हकमा अनिवार्य रुपमा फिल्ड जानु पर्ने

नक्सा प्रिन्ट

- सम्वन्धित कार्यालयको आधिकारिक पत्र

- गा.वि.स./न.पा.सिट नं.,कि.नं. खुलेको

- जग्गा धनि दर्ता प्रमाण पुर्जाको प्रतिलिपी

- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

-चालु आ.व.को मालपोत तिरेको रसिद

प्रति कित्ता रु १००।-

टिकट बापत

रु १०।-

कम्प्यूटर बाट प्रिन्ट दिने व्यवस्था भएकोमा सोहि दिन

कार्यालय प्रमुखले/नापी अधिकृतले तोकेको वा सम्बन्धित फाँटवाला अमिन / सर्भेक्षक

कार्यालय प्रमुख

प्रतिदिन रु २५० का दरले बढिमा रु १००० सम्म

नक्सा सुधार संशोधन गर्ने

मालपोतकार्यालयको पत्र,मालपोत कार्यालयबाट नक्सा सुधार/संशोधन सम्बन्धि गरिएको कारवाहीको सम्पुर्ण विवरणहरु भएको फायल र आवश्यक कागजपत्रहरु (मालपोत कार्यालयमा पेश भएका र सो कार्यालयले तोके बमोजिम) सम्बन्धीत व्यक्तिको आवश्यक प्रमाण सहित निवेदन

जग्गा नापजाँच नियमावलीको नियम ३३ बमोजिमको रकम

२ दिन (बाटोको म्याद बाहेक)

कार्यालय प्रमुखले/नापी अधिकृतले तोकेको वा सम्बन्धित फाँटवाला अमिन / सर्भेक्षक

कार्यालय प्रमुख

क्षतिपुर्ति लागु नभएको

नापी गर्न छुट भएको जग्गा नापनक्शा गर्ने

मालपोत कार्यालयको पत्र तथा नाँपजाच गर्ने निर्णय भएको र यस सम्बन्धि कारवाही भएको विवरणहरू

जग्गा नापजाँच नियमावलीको नियम ३३ बमोजिमको रकम

नापनक्सा गर्नु पर्ने क्षेत्र अनुसार

कार्यालय प्रमुखले/नापी अधिकृतले तोकेको वा सम्बन्धित फाँटवाला अमिन / सर्भेक्षक

कार्यालय प्रमुख

क्षतिपुर्ति लागु नभएको

हाल साबिक भिडाउने

मालपोत कार्यालय वा हाल साविक भिडाउन माग गर्ने आधिकारिक निकायको पत्र

प्रति कित्ता रु ५०।- र फिल्ड रेखांकन बापतको रकम

५ दिन (बाटोको म्याद वाहेक)

कार्यालय प्रमुखले/नापी अधिकृतले तोकेको वा सम्बन्धित फाँटवाला अमिन / सर्भेक्षक

कार्यालय प्रमुख

क्षतिपुर्ति लागु नभएको

प्रत्येक कित्ता हालसाविक गर्न अनिवार्य रुपमा फिल्ड जानु पर्ने

फिल्ड रेखांकन गर्ने

- निवेदन

- सम्बन्धित कित्ताको जग्गाधनि दर्ता प्रमाण पुर्जाको प्रतिलिपी

- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

- चालु आ.व.को मालपोत तिरेको रसिद

कित्ताहरुको संख्या हेरी कार्यालय प्रमुखले तोके बमोजिम

२ दिन (बाटोको म्याद बाहेक)

कार्यालय प्रमुखले/नापी अधिकृतले तोकेको वा सम्बन्धित फाँटवाला अमिन / सर्भेक्षक

कार्यालय प्रमुख

क्षतिपुर्ति लागु नभएको

उपमहानगरपालिकामा १००० व.मी. सम्म, गाउँपालिका क्षेत्रमा ३००० व.मी. सम्मलाई १ कित्ता मानी राजश्व वापतको रकम

10

कित्ता एकिकरण गर्ने

प्रति कित्ता रु ५०।- र फिल्ड रेखांकन बापतको रकम

कित्ताहरुको संख्या हेरी कार्यालय प्रमुखले तोके बमोजिम

२ दिन (बाटोको म्याद बाहेक)

कार्यालय प्रमुखले/नापी अधिकृतले तोकेको वा सम्बन्धित फाँटवाला अमिन / सर्भेक्षक

कार्यालय प्रमुख

क्षतिपुर्ति लागु नभएको

११

कित्तानक्शा(Parcel Map) तयार गर्ने(नापी विभागले तोकेको क्षेत्र मात्र)

प्रति कित्ता रु ५०।- र फिल्ड रेखांकन बापतको रकम

बढिमा २ दिन (बाटोको म्याद बाहेक दिन) (कित्ता नक्सा तयार गर्ने कार्यविधि बमोजिम गर्ने)

कार्यालय प्रमुखले/नापी अधिकृतले तोकेको वा सम्बन्धित फाँटवाला अमिन / सर्भेक्षक

कार्यालय प्रमुख

क्षतिपुर्ति लागु नभएको

द्रटव्य:

  • यस वडापत्र बमोजिम सेवा प्राप्त हुन नसकेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा क्षतिपुर्तिको लागि निवेदन दिन सकिने छ ।
  • जेष्ठ नागरिक, अशक्त, सुत्केरी र नाबालकको हकमा सेवा प्रवाहमा सोहि बमोजिम प्राथमिकता दिइने छ ।
  • "सोहि दिन" को समयावधि शुक्रवार बाहेकका दिन दिउसो १ बजे तथा शुक्रवारका दिन दिउसो १२ बजे भित्र प्राप्त भएका लिखत, निवेदनहरुका लागि मात्र लागु हुनेछ ।
  • कुनै असाधारण र कावु वाहिरको परिस्थितिले गर्दा कुनै कार्य तोकिएको समय भित्र सम्पन्न गर्न नसकिएमा कार्यालय प्रमुखले सेवाग्राहीलाई कार्य सम्पादन हुन नसक्नुको स्पष्ट कारण खुलाई जानकारी गराउनु पर्दछ र कुन समय र मितिमा सो कार्य सम्पन्न हुने हो सो को जानकारी दिइ तोकिएको समयमा कार्य सम्पन्न गर्नु पर्दछ ।
  • मौसमको प्रतिकुलताले गर्दा फिल्ड चेक / निरिक्षण / रेखांकन गर्ने कार्य र नक्सा प्रिन्ट गर्ने जस्ता कार्यहरु समयमा सम्पन्न हुन नसकेमा सो को जानकारी सम्बन्धित व्यक्तिलाई गराउनु पर्नेछ ।
  • कम्प्यूटर प्रविधि अवलम्बन गरि गरिने सेवा प्रवाहमा कम्प्यूटरको खरावी, बिद्युत आपुर्ति हुन नसकेको अवस्था आदिलाई मध्यनजर गरी कुनै कार्य तोकिएको समय भित्र सम्पादन हुन सक्ने अवस्था रहेनछ भने सम्बन्धित सेवाग्राहिलाई त्यसको सूचना तत्काल दिनुपर्दछ ।
  • हाल साविक सम्बन्धी विशेष प्रावधान:- सामान्यतया: एक प्राविधिक कर्मचारीले दिनमा एकमात्र कित्ताको गर्न सक्ने हुन्छ । तसर्थ कार्यबोझ हेरी यस वडापत्रमा तोकिएको समय भित्र कार्यसम्पादन हुन नसक्ने अवस्था रहेन निवेदन/ पत्र दर्ता भएकै दिन कति अवधि लाग्ने हो सो खुलाई सम्बन्धित सेवाग्राहिलाई जानकारी दिनुपर्दछ ।यसो गर्दा सम्बन्धित सेवाग्राहिको सम्पर्क नं. लिई केहि गरि तोकिएको अवधि भन्दा अघि वा पछि कार्य सम्पादन हुने अवस्था आएमा अनिवार्य रुपमा जानकारी गराउनु पर्दछ ।
  • नापी कार्यालयको स्वीकृति दरबन्दी अनुसारको पदपुर्ति नभएको अवस्थामा वडापत्रमा तोकिएको भन्दा थप समय लाग्न सक्ने हुन्छ ।
  • कुनै कार्य सम्पन्न गर्न कुनै कर्मचारीले अनावश्यक ढिला सुस्ती, लापरवाही वा अनियमित कार्य गरेको पाइएमा सम्बन्धित सेवाग्राहीले कार्यालय प्रमुख संग सिकायत/उजुर गर्न सक्नु हुन्छ । कार्यालय प्रमुख बाट समाधान नभएमा यस कार्यालयको तालुक कार्यालय नापी विभाग, योजना तथा अनुगमन शाखामा लिखित, मौखिक, इमेल, फ्याक्स मार्फत सिकायत/ उजुरी गर्न सकिनेछ ।

प्रमुख नापी अधिकृतः महेश्वर कार्की

दर्जाः प्रमुख नापी अधिकृत

कार्यालयको ठेगानाः नापी कार्यालय मकवानपुर, हेटौडा

सम्पर्क नं. ०५७५२०४७८, मोबाईल नं. ९८५५०३०४७८

ईमेलः makawanpur@dos.gov.np

( नाप नक्शा संग सम्बन्धित सेवाहरुको लागि )

सि.नं.

कार्य विवरण

लाग्ने समय

आवश्यक कागजात (प्रमाण)

कार्य सम्पादन गर्ने शाखा/ कर्मचारी

दस्तुर

कार्य सम्पादन हुन नसकेमा उजुरी गर्ने निकाय/ कर्मचारी

कैफियत

१५ दिने सूचना प्रकाशित

१५ दिन अगावै

नापी टोली/ टोली प्रमुख

निःशुल्क

सूचना अधिकारी / कार्यालय प्रमुख

कुनै क्षेत्रको नापजाँच हुनुभन्दा पहिला जानकारीका लागि प्रकाशित सूचना।

जग्गा नापजाँच गर्ने र क्षेत्रिय किताब तयार गर्ने]{

प्रत्येक वर्ष मंसिर देखि असार मसान्त सम्म

प्रमाण पुर्जा तथा जग्गासंग सम्बन्धित जग्गाधनीले कागजातहरु देखाई आफुले भोगचलन गरेको जग्गाको साँध सिमाना घुमि नापी गराउने ।

नापी टोली / अमिन

निःशुल्क

टोली प्रमुख/

कार्यालय प्रमुख

७ दिने सूचना

कुनै नक्सा सिट वा वार्डको नापनक्सा सम्पन्न भए पश्चात।

नापी टोली

निःशुल्क

टोली प्रमुख/

कार्यालय प्रमुख

भुल सुधार निवेदन

७ दिने सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र

१ जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी

. जग्गाधनी नागरिकताको प्रतिलिपी

. चालु आ.व.को तिरो तिरेको प्रतिलिपी

४ साविक प्रमाणित कित्ता नापी नक्सा

. जग्गा संग सम्बन्धित अन्य कागजातहरु( राजिनामा, बकस अंशवण्डा, रसिद आदी)

नापी टोली

रु. १० को टिकट

टोली प्रमुख/

कार्यालय प्रमुख

जग्गाधनी प्रतिनिधिले सुधार गर्नुपर्ने कुरा स्पष्ट उल्लेख गरी निवेदन पेश गर्ने।

जग्गा दर्ता गरी पाउँ भनी निवेदन पेश गर्ने।

नापी टोलीले तोकेको अवधिभर

. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी

. जग्गाधनी नागरिकताको प्रतिलिपी

. चालु आ.व.को तिरो तिरेको प्रतिलिपी

. साविक प्रमाणित कित्ता नापी नक्सा

.जग्गा संग सम्बन्धित अन्य कागजातहरु( राजिनामा, बकस अंशवण्डा, रसिद आदी)

नापी टोली

रु. १० को टिकट

टोली प्रमुख/

कार्यालय प्रमुख

ज.ध./ प्रतिनिधीले सुधार गर्नुपर्ने कुरा स्पष्ट उल्लेख गरी निवेदन पेश गर्ने ।

जग्गा दर्ता कार्य

  1. जग्गाधनी प्रमाण पूर्जा भएको हकमा।

(१) कुनै किसिमको विवाद नभएमा १ देखि ५ कित्ता सम्म १ दिन सो भन्दा बढी भएमा १ हप्तासम्म।

. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी

. जग्गाधनी नागरिकताको प्रतिलिपी

. चालु आ.व.को तिरो तिरेको प्रतिलिपी

. साविक प्रमाणित कित्ता नापी नक्सा

.जग्गा संग सम्बन्धित अन्य कागजातहरु( राजिनामा, बकस अंशवण्डा, रसिद आदी)

टोली प्रमुख/नापी ईकाइ प्रमुखले तोकेको कर्मचारी

निःशुल्क

टोली प्रमुख/ ईकाई प्रमुख/ कार्यालय प्रमुख

ज.ध. प्रमाण पुर्जा वितरण हुनु भन्दा अगाडी नापी टोलिबाट तत् पश्चात १२० दिन सम्म नापी ईकाईबाट कार्य सम्पादन हुने ।

जग्गाधनी प्रमाण पूर्जा वितरण।

जग्गा दर्ता भए पश्चात विभागीय आदेश अनुसार।

जग्गा दर्ता गर्ने समयमा नापी टोलीबाट दरपिठ गरेको सक्कल जग्गाधनी प्रमाण पूर्जा र नेपाली नागरिकता प्रमाणपत्र।

नापी कार्यालयले तोकेको कर्मचारी

प्रति थान रु.२५

कार्यालय प्रमुख

जग्गाधनी प्रमाण पुर्जा नपाएमा/ चित्त नबुझेमा/ सच्याउन परेमा निबेदन पेश गर्ने ।

सो ठाउँको प्रमाण पूर्जा वितरण भएको मितिले ६० दिन भित्र।

. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी

. जग्गाधनी नागरिकताको प्रतिलिपी

. चालु आ.व.को तिरो तिरेको प्रतिलिपी

. साविक प्रमाणित कित्ता नापी नक्सा

नापी कार्यालयले तोकेको नापी ईकाइ

रु. १० को टिकट

कार्यालय प्रमुख

ज.ध./ निजको प्रतिनिधिले अनुसूची-८ को ढाँचा बमोजिम ।

कार्यालय संग सम्बन्धित गुनासो तथा अन्य जानकारी

कार्यालय समयमा

गुनासो सुन्ने अधिकारी र सूचना अधिकारी

निःशुल्क

कार्यालय प्रमुख

Makawanpur@dos.gov.np ✆०५७-५२०४७८, प्रमुख नापी अधिकृतः- ९८५५०३०४७८, सूचना अधिकारीः ९८५५०२०४७८

नोट:

१. कुनै असाधारण वा काबु बाहिरको परिस्थितिले गर्दा कुनै कार्य तोकिएको समय भित्र सम्पन्न गर्न नसकिएमा कार्यालय प्रमुखले जग्गाधनिलाई स्पष्ट कारण खुलाई जानकारी गराउनु पर्नेछ र कुन समय र मितिमा कार्य हुने संभावना देखिएमा सो को जानकारी दिई तोकिएको समयमा नै कार्य सम्पन्न गरि दिने ।

२. कुनै कार्य सम्पन्न गर्न कुनै कर्मचारीले अनावश्यक ढिलासुस्ती, लापरवाही वा अनियमितता गरेको पाइएमा सम्बन्धित व्यक्तिले कार्यालय प्रमुखसंग सिकायत/ उजुरी गर्न सक्नु हुनेछ । कार्यालय प्रमुखबाट समाधान नभएमा नापी विभागको ठेगानामा, लिखित मौखिक, ईमेल, फ्याक्स मार्फत सिकायत/ उजुरी गर्न सक्नु हुनेछ ।