फिल्ड रेखाङ्कन(जग्गा नापजाँच) सम्बन्धी :-
जग्गा नाप जाँच तथा नक्सा श्रेष्ता अद्यावधिक सम्बन्धी निर्देशिका २०८१ को परिच्छेद १३ दफा ३७ को नियम २१ बमोजिम, विशेष परिस्थितमा बाहेक फिल्ड रेखाङ्कन कार्य असार देखि असोज मसान्तसम्म गरिनेछैन ।
- तसर्थ, कार्तिक देखि जेष्ठ महिना सम्म मात्र गरिनेछ ।
जग्गा नाप जाँच तथा नक्सा श्रेष्ता अद्यावधिक सम्बन्धी निर्देशिका २०८१ को परिच्छेद १३ दफा ३७ को नियम १ बमोजिम, जग्गाधनीले आफ्नो आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्ड रेखाङ्कनको लागि देहाय बमोजिमका कागजात संलग्न गरी जग्गा नापजाँच तथा नक्सा श्रेष्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूची - २० बमोजिमको ढाँचामा कार्यालयमा निवेदन पेश गर्न सकिनेछ ।
क. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
ख. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
ग. चालु आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपि,
घ. रेखांकन माग गरिएको कित्ता देखिने नक्सा प्रिन्ट,
ङ. पारित लिखतको प्रतिलिपि |